महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्टबीच सम्झौता

काठमाडौं। विश्व साक्षरता दिवसको अवसरमा आइतबार महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नति तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्ने बताइएको छ।

यसबाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरसफाइमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्नुका साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरसफाइ तथा शौचालय सुविधाहरुमा पहुँच अभिवृद्धि गर्ने बैंकको नीतिअनुरुप प्रभावकारी रुपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने बैंकको विश्वास छ।

महालक्ष्मी बैंकको देशभर १ सय ३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेको बैंकले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *