कांग्रेसद्धारा पलेशालाई ५ लाखसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको सहभागीता थियो । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *