स्वरोजगार लघुवित्तको २९ हजार ७२१ कित्ता सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँने गरि बिक्रीमा राखेको हो ।

सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *