एसियन लाइफ इन्सुरेन्सले बढायो मुनाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सकाे आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड रुपैयाँ नाफा कमाएको थियो । यो नाफा अघिल्लो वर्षको भन्दा ३६.९१ प्रतिशतले धेरै हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १४.७६ प्रतिशतले बढेर ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ९.७४ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसको जीवन बिमा कोषमा ४२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ३४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि बढेर ९.६६ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११८.०७ रुपैयाँ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *