मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनी बीच एकीकृत कारोबार हुने हुँदा कारोबार रोक्का भएको हो ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गरेसँगै नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असार २४ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *