सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ५ लाख ६८ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ ।

निर्धारित समयमा सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *