नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औँ खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग १० रनले पराजित भएको छ । २ सय ५८ रनको विशाल लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनायो ।
त्यस्तै मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६३ रन बनाए । उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, कप्तान हार्दिक पाण्ड्याले २४ बलमा ४६ रन तथा टिम डेभिडले १७ बलमा ३७ रनको बनाए ।
त्यसैगरी सूर्यकुमार यादवले २६ रन तथा इसान किशनले २० रन बनाए । दिल्लीका लागि मुकेश कुमार र रासिख सालमले ३–३ विकेट लिए भने खलिल अहमदले २ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर जेक फ्रासेर म्याकगर्कको विस्फोटक इनिङ्सको मद्दतले ४ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियन युवा खेलाडीले मात्र २७ बलमा ८४ रन बनाए । उनले ११ चौका र ६ छक्का हानेका छन् ।
त्यस्तै, ट्रिस्टन स्टब्सले २५ बलमा ४८ रन तथा साई होपले १७ बलमा ४१ रन बनाए । अभिषेक पोरेलले २७ बलमा ३६ रन तथा ऋषब पन्तले १९ बलमा २९ रन बनाए । १० औ खेलमा दिल्लीको यो पाँचौँ जित हो ।
अर्थ सन्जाल