साताको अन्तिम कारोबार दिन (शुक्रबार) पनि सुनको बढेको छ। सुनको मूल्य लगातार तेस्रो दिन उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। छापावाला सुन प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल