दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश

काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेका दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटी छाड्न आदेश दिएको हो।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए । मन्त्रीमा सिफारिस भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

सुनारलाई काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो ।

दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *