एभरेष्ट बैंकको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव ९२ प्रतिशत बढी हो ।…

Read More

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकमा

ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६२ पुगेको छ । बैंकले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८, दाप्चा बजार…

Read More

विकासका लागि नीतिगत सुधार र औद्योगिकीकरण अपरिहार्यः नेपाल उद्योग परिसंघ

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग परिसंघले मुलुकको समग्र विकासको लागि औद्योगिकीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेको छ । परिसंघले मुलुकको समग्र अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिकीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेको । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँग आज भएको समसामयिक छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका औद्योगिकीकरण हुनुपर्ने बताए ।…

Read More

चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वल्र्ड बुक अफ रेकर्डस्को सम्मान

बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ । आइतबार आयोजित एक विशेष कार्यकमकावीच सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् । व्यवसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त…

Read More

नेपाली बजारमा भित्रिए जोङसेनका मोटरसाइकल र स्कुटर

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र…

Read More

राष्ट्र बैंकद्वारा कोरोनाबाट अति प्रभावित व्यवसायीक संस्थाहरुसँग पुनरकर्जा आवेदन माग

कोभिड १९ (कोरोना) महामारीका कारण अति प्रभावितको सूचीमा परेका विभिन्न पेशा व्यवसाय क्षेत्रलाई नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोनाबाट अति प्रभावित र मध्यम प्रभावित विभिन्न २४ क्षेत्रका व्यवसायीक संस्थाहरुलाई चालू आर्थिक वर्ष २०७८र७९ को लागि बैंक तथा वित्तीय संस्थाहरूसँग पुनरकर्जाको लागि आवेदन माग…

Read More

महालक्ष्मी लिडर्स समिट- २०७८ सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी लिडर्स समिट २०७८’ को सम्मेलन सम्पन्न गरेको छ । पोखरास्थित ल्याण्डमार्क होटलमा कार्तिक १२ र १३ गते देशभरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागितामा सम्मेलन सम्पन्न गरेको हो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो…

Read More

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद १५ दिन थपियो

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले २५ असोजदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । बैंकको हकप्रद सेयरमा लगानीकर्ताले अब २९ कात्तिकसम्म आवेदन दिन सक्ने भएका छन्। उक्त हकप्रद सेयरमा लगानीकर्ताले १४ कात्तिकसम्म आवेदन दिन पाउने व्यवस्था थियो । बैंकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको…

Read More

आँखुखोला जलविद्युत कम्पनीको नाफा तीन महिनामा तीन करोड ३० लाख

आँखुखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासिक अर्थात् (तीन महिना)को वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा तीन करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा दुई दशमलव चार प्रतिशतले घटी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड…

Read More

राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार सुरु गरेको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटीएम सेवाको शनिबार विधिवत रुपमा उद्घाटन गरेका हुन्। उक्त अवसरमा सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग…

Read More

कुमारी बैंकको रिजर्भ बढ्यो, नाफा घट्यो

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रथम त्रैमासमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब…

Read More

नेशनल लाईफको संस्थापक शेयर लिलामीमा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ८३ हजार ५९७ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटलको नाममा रहेको २ लाख २५ हजार कित्ता, सञ्जय कुमार सुरेकाको नाममा रहेको ५ हजार ६४७ कित्ता र देवानन्द सरावगीको नाममा रहेको ५२ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो…

Read More

नबिल बैंकको कर्जा पोखरा विश्वविद्यालयका उद्यमशील विद्यार्थीलाई

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच ‘दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच’ कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेका छन् । नबिल बैंकले विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन…

Read More

विश्वबजारमा गोल्डस्टार प्रवेश, अमेरिकामा नयाँ आउटलेट संचालन

नेपाली बजारमा ख्याति कमाएको गोल्डस्टार जुत्ताले विश्वबजारमा प्रवेश गरेको छ । बच्चादेखि बृद्धसम्म लोकप्रिय रहेको गोल्डस्टार जुत्ताले संयुक्त राज्य अमेरिका नयाँ आउटलेट संचालनमा ल्याएसँगै विश्वबजारमा प्रवेश पाएको हो । नेपाली ब्राण्डलाई विश्वबजारमा चिनाउन अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा गोल्डस्टारको आउटलेट खुलिएको कम्पनीले जनाएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले अमेरिकामा हालैमात्र…

Read More

उन्नती सहकार्य लघुवित्तले ३२ प्रतिशत लाभांश दिने

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई अधिकतम ३२ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सञ्चित चुक्ता पुँजीबाट अधिकतम ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा…

Read More

सोल्टी होटललाई ‘इन्टरनेशनल ट्राभल अवार्ड’

फाइभ स्टार डिलक्स होटलको रुपमा ख्याति काएको सोल्टी होटल लिमिटेडले ‘इन्टरनेशनल ट्राभल अवार्ड’ पाएको छ। अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित मानिएको ‘इन्टरनेशनल ट्राभल अवार्ड’ उत्कृष्ट पाँच तारे होटलमध्येमा सोल्टीले पाएको हो । सोल्टी होटलले दिँदै आएको सेवा सुविधा र क्षमता विस्तारका कारण अवार्ड पाउन सफल भएको होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए । उनका अनुसार होटलले अन्तराष्ट्रिय रुपमा…

Read More

बचत अपचलनपछि सहकारी अध्यक्षसहितको सम्पत्ति रोक्का

प्रदेश नम्बर १ सहकारी रजिष्ट्रार कार्यालयले खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था दिक्तेलका अध्यक्षलगायतको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको छ । आफूखुसी सहकारीको रकम अपचलन गरेको पाइएपछि सहकारीकै सञ्चालकको आग्रहमा सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी तथा उनका बुबा र भाइको नाममा रहेको अचल सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो । करिब तीन करोड…

Read More

कीर्तिपुरमा खुल्यो ‘क्रितिपुर सिने प्लेक्स’

काठमाडौंको कीर्तिपुरमा अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल कीर्तिपुर सिने प्लेक्स संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुई वटा अडिटोरियम छन् । अडिटोरियमको क्षमता दुई सय ८५ सिट रहेको छ । दुई अडिटोरियम भए पनि अहिले एउटा मात्रै संचालन हुनेछ । फिल्म हल शुभारम्भसँगै नेपाली फिल्म ‘आमा’ प्रदर्शन…

Read More

रिडी हाइड्रोपावरको साधारणसभा आज, मर्जर प्रक्रियामा जाने

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लाभांश पारित तथा मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डासहित सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि २ कात्तिकमा एकदिन बुक क्लोज गरिसकेको छ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय हुने मुख्य…

Read More

पहिलो त्रैमाससम्ममा चन्द्रागिरी हिल्सको वित्तीय अवस्थामा सुधार

चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको सो वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानीमा गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नोक्सानी घटेर सुधार आउँदै गएको छ । यसअवधिमा नोक्सानी चार करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी आठ करोड ७१…

Read More