चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
काठमाडौँ। आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ। एक जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा…



