फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, १५ दिनमा साढे २ अर्ब घाटा

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो । आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल…

Read More

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता आजबाट

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा…

Read More

गठबन्धनभित्रै घेराबन्दीमा देउवा

 विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन् । एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा सार्वजनिक मात्रै भएका छैनन्, गठबन्धन दलकै नेताकार्यकर्ता सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा…

Read More

के विश्वयुद्धतिर धकेलिदै छ रुस र युक्रेन ?

युक्रेनसँग जोडिएका सीमा नाकामा आफ्ना करिब एक लाख ३० हजार फौज तैनाथ भइरहँदा रुसले पश्चिमा देशबाट सुरक्षाको सुनिश्चितता खोजिरहेको छ । रुसले जुनसुकै बेला पनि हमला गर्नका लागि आफ्ना फौजहरू तयारी अवस्थामा राखेको अमेरिकाले बताइरहँदा रुसले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ । अब त्यहाँ हुने घटनाक्रमले युरोपको समग्र सुरक्षा संरचनालाई जोखिममा पार्न सक्छ ।…

Read More

क्यासिनोको बक्यौता रोयल्टी धमाधम उठ्न थाल्यो

रोयल्टी नबुझाएर बक्यौता राखेका क्यासिनो सञ्चालकबाट सरकारले धमाधम बक्यौता उठाउन थालेको छ । यसै क्रममा चालू आर्थिक वर्षमा अहिलेसम्म ७५ करोड ४५ लाख रुपियाँ रोयल्टी शीर्षकमा प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । ​ सोही प्रयोजनका लागि १४ करोड २० लाख रुपियाँ बैङ्क जमानत प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।…

Read More

एमसिसी संसद्मा टेबुल गर्ने निश्चित

प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्। सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी…

Read More

एमसीसीबारे कांग्रेसको धारणा सार्वजनिक [धारणापत्रसहित]

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो । कांग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । कांग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ…

Read More

वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन मन्त्री सिंहको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको अन्तक्र्रियामा ऊर्जामन्त्री…

Read More

एमसीसी सदनमा लैजान सभामुख सहमत

सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।सर्वदलीय…

Read More

७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो । हार्ड टप जीप खरिदको ठेक्का…

Read More

कोरोना नियन्त्रणमा सरकारले गर्यो २३ अर्बभन्दा बढी खर्च

सरकारले पछिल्लो डेढ वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा २३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम संघ, प्रदेश र स्थानीय तहबाट कोरोना नियन्त्रणमा खर्च भएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा ९ अर्ब ६९ करोड २४ लाख…

Read More

लिङ्देनले दिए थापालाई सुभकामना

राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ ।राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले बताएका थिए । ‘मैले…

Read More

महाअभियोग प्रस्ताव दर्ताको पत्र बुझेर प्रधानन्यायाधीश सर्वाेच्चबाट बाहिरीए

   महाअभियोग प्रस्ताव दर्ता  जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शभएकोमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो । संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त…

Read More

राष्ट्रसंघका पाँच कर्मचारी अपहरणमा

साना–दक्षिणी यमनमा राष्ट्रसंघका पाँच जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरु अपहरणमा परेको राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरु अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाइले जानाकारी दिए । ‘अपहरित कर्मचारीहरुको रिहाईका लागि राष्ट्रसंघ अधिकारीहरुसँग नियमित सम्पर्कमा छ ।’ गिकाइले भने । साउदी नेतृत्वको सैन्य…

Read More

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद्  सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।…

Read More

तिलोत्तमा नगरपालिकामा उत्कृष्ट १० उद्यमी छनोट

उद्यमशिलताको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले गतवर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दायित्व नामक संस्थासंग सुरु गरेको नगरप्रमुख ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम यसवर्ष पनि संचालन गरिएको छ। दायित्वले नगरपालिकासंगको सहकार्यमा सुरु गरेको उक्त कार्यक्रमका लागि गतवर्ष जस्तै यस वर्ष पनि १ सय २५ जना साना तथा घरेलु उद्यमीहरुले आवेदन दिएका थिए। ६ महिना अघि आवेदन दिएका १…

Read More

आखिर किन पेचिलो बन्दैछ त एमसीसी ?

अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसदबाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका…

Read More

एमसीसीमा चीन जोडिएको अमेरिकाको दावी

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै एमसीसी फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने बताए। लूको अभिव्यक्तिसँग चीन कहाँ जोडियो भनेर जिज्ञासा उब्जिएको छ। पूर्वराजदूत डा. लोकराज बराल भारत र अमेरिकाका हरेक विषयलाई राष्ट्रघात देख्ने परिपाटीले समस्या सिर्जना गरिरहेको बताउँछन् । तर, चीनसँगको बीआरआई सम्झौताबारे कोही नबोलेको पूर्वराजदूत डा. बरालको भनाइ छ। यहाँ भारत र…

Read More

अमेरिकी विदेश मन्त्रीको धम्कीपछि प्रचण्डले ओली गुहारे

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले टेलिफोन गरेर धम्कीपूर्ण भाषामा कडिकडाउ गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेको खुलासा भएको छ । प्रचण्डले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरि एमसीसीबारे एमालेले निर्णय गरोस् भनेर चाहना व्यक्त गरेका थिए । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका…

Read More

बजेट खर्च गर्न नसक्दा विकासका गतिविधि ठप्प

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कुनै पनि मन्त्रालयले आफूलाई दिएको बजेटको आधा रकम पनि खर्च गर्न सकेका छैनन् । बजेट तयार गर्दा रकम पुगेन भन्दै गुनासो गर्ने मन्त्रालयहरुमध्ये केहीले त आर्थिक वर्षको आधा समय बितिसक्दा ५ प्रतिशत बजेट पनि खर्च गर्न नसकेको पाइएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८-७९ को बजेटको…

Read More