होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ। यो ‘सेफ्टी रिकल’ अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको…

Read More

एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो अनावरण

काठमाडाैं । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्स का नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहबीच नेपालको अत्याधुनिक स्मार्ट इलेक्ट्रिक एसयूभी नामी भिगो अनावरण गरेको छ। उद्घाटन कार्यक्रम जीवन पराजुली (अध्यक्ष, उद्योग वाणिज्य संघ इटहरी),दीपेन्द्र चौधरी (प्रबन्ध निर्देशक, सिर्जना मोटर्स), सरोज श्रेष्ठ (अध्यक्ष, पूर्वेली यातायात), प्रशन्न पन्त (प्रमुख कार्यकारी अधिकृत, एमएडब्लू वृद्धि मोटर्स), राजेन्द्र…

Read More

लोकप्रिय बन्दै टाटा ब्रान्ड: सिप्रदी ट्रेडिङकाे व्यापार ३०% बढ्यो, एकैवर्ष २४ अर्ब कारोबार

काठमाडौं । नेपाली बजारमा टाटा ब्रान्डको सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङको व्यापार ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनमा सन् २०२५ मा ३० प्रतिशतले बढेको हो । सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन्…

Read More

वीरगञ्ज नाकाबाट तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली ले गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको आयात र त्यसबाट…

Read More

धनगढीबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको विमान भैरहवामा आपतकालीन अवतरण

भैरहवा। धनगढीबाट काठमाडाैंका लागि उडान भरेको श्री एयरलाइन्सको विमानले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । विमानस्थलका अनुसार फ्लाइट नम्बर २२२ काे विमानका चालकले ‘हाइड्रोलिक फेलियर रिपाेर्ट’ गरेका थिए । विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहका अनुसार शनिबार बिहान १० बजे भैरहवा डाइभर्ट भएर विमान अवतरण भएकाे हाे । अवतरण गरेपछि विमान लक भएर केही समय…

Read More

फोर्थिङद्धारा ‘फोर्थिङ तिहार भाइव’ अभियान सुरु

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा. लि., नेपालमा फोर्थिङ (Forthing) ब्रान्डको नेपालका लाहि अधिकृत वितरकले तिहारको अवसरमा विशेष अफर “Forthing Tihar Vibe” घोषणा गरेको छ। यो विशेष अफर असोज २७ देखि कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी “Forthing Friday” अनुभव गर्न सक्नेछन्। यो…

Read More

‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पल्सर जित्ने अवसर

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक आकर्षक ग्राहक योजना सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्सको खरिदमा बम्पर उपहारमा बजाज पल्सर मोटरसाइकलसहित विभिन्न आकर्षक पुरस्कार जित्न सक्नेछन् । कम्पनीकाअनुसार दसैंमा सफलतापूर्वक सञ्चालन भएको यो योजना अब तिहार र छठ पर्वका…

Read More

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडाैं । फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ । सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निःशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिसको सुविधा पाउनेछन् । यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका…

Read More

नेपालका लागि इनड्राइभको नयाँ ब्रान्ड एम्बासडरमा अभिनेत्री खड्का नियुक्त

काठमाडौं। विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा आफ्नो ब्रान्ड एम्बासडरका रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ। यससँगै, कम्पनीले “Your Journey Begins With Your Choice” (तपाईंको यात्रा तपाईंको रोजाइबाट सुरु हुन्छ) नामक नयाँ ३६०° क्याम्पेन सार्वजनिक गरेको छ। यो अभियानले इनड्राइभको अद्वितीय ‘पियर-टु-पियर’ (Peer-to-Peer) मोडेललाई केन्द्रमा राख्छ, जसले यात्रु र चालक दुवैलाई भाडा…

Read More

एमएडब्लु वृद्धिद्वारा नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला शुक्रबारदेखि शुरु

काठमाडौं । अटोमोबाइल समूह एमएडब्लू वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि चाडपर्वलक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ । काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ देशव्यापी रूपमा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको हो । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर स्टाइलिस…

Read More

सरकारको राहत प्याकेजप्रति अटोमोबाइल व्यवसायीको स्वागत

काठमाडौं । निजी अटोमोबाइल क्षेत्रका व्यवसायीले सरकारले पछिल्लो पटक घोषणा गरेको राहत प्याकेजको स्वागत गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै कठिन अवस्थामा सरकारले ल्याएको राहत प्याकेज उद्योगी व्यवसायीहरूका लागि हौसला दिने आधार बनेको बताएको छ । नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री सुशीला कार्की…

Read More

सिप्रदी अटो पार्ट्सले ल्यायाे ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’, प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

काठमाडौं । टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत टाटा जेन्युइन पार्ट्सको हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त…

Read More

रेसिङ अटोमोबाइल्सद्वारा ‘दुर्घटना रहित प्रमाणपत्र’ वितरण सुरु

काठमाडौं । काठमाडौँको कलङ्की खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ‘दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण गर्ने नयाँ पहल सुरू गरेको छ । यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना रहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौँमा एक समारोहकाबीच सार्वजनिक गरेको हो । सो समारोहमा रेसिङ अटोमोबाइल्सका अध्यक्ष र प्रबन्ध निर्देशक…

Read More

ओमोडा एन्ड जेइकोको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु

काठमाडाैं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले दसैं–तिहारलाई लक्षित गर्दै ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ । यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे–५ सहित ओमोडा इ–५ र जेइको जे–६ मा लागू हुनेछ । अभियानअन्तर्गत, ग्राहकले विशेष फेस्टिभ अफरमार्फत आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन् । नयाँ जेइको जे–५…

Read More

नाडाको विशेष साधारणसभा तत्कालका लागि स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २४ गतेका लागि तय गरिएको विशेष साधारणसभा स्थगित गरेको छ । नाडाले बिहीबार एक सूचना प्रकाशित गर्दै भदौ १९ गते बसेको २२औँ केन्द्रीय कार्य समिति बैठकको निर्णयअनुसार सभा स्थगित गरिएको जानकारी दिएको हो । नाडाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ…

Read More

ब्लू कर्पोरेसनले ल्यायो चाडपर्वलक्षित ‘फेस्टिभ अफर’

काठमाडौं । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेसनले चाडपर्वलक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दसैँतिहारलक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् । विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल आठ लाख रुपियाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ…

Read More

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेश केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरुम उद्घाटन गरे । कार्यक्रममा…

Read More

इम्बोस्डको अपारदर्शी अर्थ राजनीति बन्द गरियोस् : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले इम्बोस्डको अपारदर्शी अर्थ राजनीति बन्द गर्न आग्रह गरेका छन्। संविधानले नचिन्ने भाषा र लिपि इम्बोस्डमा प्रयोग गर्न नपाइने भन्दै उनले यस्तो आग्रह गरेका हुन्। ‘देवनागरी लिपिमा विद्युतीय सङ्केत सङ्ख्या लेखिनुपर्ने संविधानको मर्म र भावना एवं संविधानको व्याख्याको बर्खिलाप गर्न पाइन्न,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारी कामकाजको…

Read More

नाडाको विशेष साधारणसभा रोक्न जिल्ला प्रशासनको निर्देशन

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २४ भदौमा गर्न लागेको विशेष साधारणसभा स्थगन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सोमबार नाडालाई पत्र पठाउँदै प्रशासनले विशेष साधारणसभा बोलाउन गरिएका निर्णयहरू सहित सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारणसभा रोकी पाऊँ भनी यस कार्यालयमा १६ भदौमा निवेदन…

Read More

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्ने व्यवस्था गर्न आयोगको आग्रह

काठमाडौँ। भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको हो । संविधानले नचिनेको भाषा…

Read More