मुक्तिनाथ विकासले सेयरधनी बचत खातामा थप्यो सुविधाहरू

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ।

यो सम्झौता बमोजिमको सुविधाहरु ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकहरूले पाउनेछन्।

सेवाग्राहीहरूलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन उक्त सम्झौता गरेको बैंकले बताएको छ।

उक्त सम्झौता बमोजिम ग्राहकहरूले बैंकका कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरूले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरू) दिने विभिन्न सेवा सुविधाहरू पाउनेछन्।

नयाँ व्यवस्थाअनुसार मुक्तिनाथ सेयरधनी बचत खाता न्यूनतम मौज्दात १०० रुपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आइपिएस रजिष्टेशन, निःशुल्क मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन्।

यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नं. ७२) आवद्ध भएका छन्।

सेवाग्राहीहरूलाई उक्त कम्पनीहरूबाट उपलब्ध हुने सेवाहरू भविष्यमा थप गर्दै लैजाने योजना पनि रहेको बैंकको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *