बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *