काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज असार ३१ गते बाँडफाँट सम्पन्न भएको छ ।
बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा सेयर बाँडफाँट गरेको क्यापिटलले जनाएको छ । आईपीओ बाँडफाँट कार्यक्रम दिउँसो ३ बजे नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा राखिएको थियो।
कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।
आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो।
निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख ७३ हजार ८३९ आवेदकबाट कुल २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.६८ गुणाले बढी हो। तर, आवेदकको संख्या कम रहेको थियो।
आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन्। क्यापिटलका अनुसार १० कित्तादेखि ७० कित्तासम्म सेयर माग गरेका ५ लाख ५३ हजार ४४ जनालाई मागबमोजम सेयर बाँडफाँड गरिएको छ। जसअनुसार उनीहरुलाई कुल ६५ लाख ७८ हजार ७७० कित्ता बाँडफाँट गरिएको छ।
यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गर्ने ४ हजार ६५७ आवेदकलाई ७० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। उनीहरुले कुल ३ लाख २५ हजार ९९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार ८० कित्तादेखि ३ हजार कित्तासम्म सेयर माग गर्ने तिनै आवेदनकमध्ये ६९१ जनालाई भने थप १० कित्ताका दरले ६ हजार ९१० कित्ता बाँडफाँड गरिएको छ।
आइपीओको नतिजा यी ४ वेबसाइटबाट हेर्नुस्
कम्पनीको आईपीओ नतिजा बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/ , बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/,, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।






