अब सहकारी पीडितरूले न्याय पाएको समाचार सुन्न पाइयोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी पीडितहरुको आवाज सरकारले सुन्नै पर्ने बताएका छन् । अहिले आफूहरुको आवाज राज्यलाई सुनाउन सहकारी पीडितहरु माइतीघर मण्डलामा जम्मा भएका थापाले बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा महामन्त्री थापाले भने, ‘केही अघिसम्म सांसदहरुको घरमा पीडतहरुको रुवावासी चल्थो । यसरी भएन भनेर माइतीघर मण्डलामा जम्मा भएर हामीलाई उनीहरुले आवाज सुनाउन लागिपरेका छन् । सहकारी पीडितहरुको अवाज अब हामीले सुन्नै पछर्प । किन कि उनीहरुको अवस्था यस्तो हुनुमा राज्य पनि जिम्मेवार हो ।’

हिजो अनुगमन गर्ने निकायले राम्रो अनुगमन नगरेका कारण यस्तो अवस्था आएको सांसद थापाले बताए । साथै उनले सरकारले वैशाख २६ गने बनाएको समस्या अध्ययन कार्यदलले बुझाएको २७ बुँदा सुझाव प्रारम्भ गरिनुपर्ने बताएका छन् ।

‘जुन किनयकाले अनुगमन गर्नैपर्ने थियो, त्यसले राम्रो अनुगमन गरेन । अनुगमन राम्रोसँग नगर्दाको अवस्था यस्तो हुन्छ भन्ने उसलाई थाहा थियो । तर ऊ यो अस्था कुरेर बस्यो । जसले उसलाई काम लगाउनुपर्ने थियो, ऊ पनि रिवन काट्मा मात्र व्यस्त भयो’, सांसद थापाले भने, ‘धेरै कुरा भत्किएपछि सरकारले बनाएको अध्ययन कार्यदलले बुझाएको बुँदाहरु आजैबाट प्रारम्भ गरियोस् । अब पीडितहरुको समाचार होइन, न्याय पाएको समाचार सुन्न पाइयोस् ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *