वेस्ट इन्डिजविरुद्व नेपाललाई तेस्रो सफलता, सन्दिपले लिए विकेट

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस जितेर बलिङ गरेको नेपालका लागि तेस्रो सफलता सन्दीप लामिछानेले दिलाए ।

सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा किंगको विकेट लिएका हुन् । करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए । गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए ।

वेस्टइन्डिजले १५ दशमलब ३ ओभरमा ३ विकेटको क्षतीमा ५५ रन बनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *