काठमाडौं । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन् ।
उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाले बिहीबार पार्टी स्थापनाको पहिलो वर्षगाँठसमेत मनाउँदैछ । उनी नबिल बैंकको पूर्वसीईओसमेत हुन् ।
Artha Sanjal






