हिमालयन बैंकको २२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंकले करिब २२ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको २१ लाख ८६ हजार ५७५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

संस्थापक सेयरधनी यस्वस्विका इन्टरनेसनल प्रालिको १५ लाख ९० हजार कित्ता, प्रकाश तायलको ३ लाख ३३ हजार ३४८ कित्ता, धर्मभक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, गिरेन्द्र मान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता, रामप्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता र निता गुरुङको ९ हजार ३५९ कित्ता छन् ।

बिक्रीमा राखिएको सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाण्डौको कमलादीस्थि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताअनुसार फरक/फरक रहेको पनि बैंकले प्रस्ट पारेको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *