हुण्डी कारोबारी महिला बौद्धबाट पक्राउ

स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला काठमाडौंको बौद्धबाट पक्राउ परेकी छन्।

काठमाडौं महानगरपालिका-६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट एक जना महिलालाई मंगलबार अपराह्न पौने ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मनाङ हिस्याङ गाउँपालिका-४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङबाट ३३ लाख ५० हजार रूपैयाँ बरामद भएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *