सेयर बजारमा सामान्य वृद्धि, ३ अर्बमाथिको सेयर कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढ्दा २०४२.०७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर नेप्सेमा सूचीकृत २७० कम्पनीको ७८ लाख ९६ लाख ४७८ कित्ता सेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन कुल १३ उपसमूह मध्य ७ समूह घटेको छ भने ६ समूह बढेको छ ।

यस दिन ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सिटी होटल, अभियान लघुवित्त, विपिडब्लू लघुवित्तको सेयरमूल्य बढेको छ ।

आज शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *