लगानीकर्ताहरुले ६ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि भन्दै प्रधामन्त्री पुष्पकमल दाहाललाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न माग गरेका छन् ।

May be an image of 11 people, dais and indoors

यस्तै १२ करोड सम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले उक्त व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् । सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न अनुरोध गरेका छन् ।

लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन् ।

May be an image of 9 people and dais

विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने व्यवस्था गरिदिन समेत लगानीकर्ताहरुले आग्रह गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *