कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।

कम्पनीलाई २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते अनुमति दिइएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *