नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक मंगलवार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.०० अंकले बढेर ३५२.९४ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच भएको छ । यसदिन ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ।
कुल १३ वटै उपसमूहको आज सेयर मूल्यमा हरियाली छाएको छ। आज कारोबार भएका कम्पनीमध्ये २८७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९३३.४० रुपैयाँ पुगेको छ । त्यसैगरी, इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.७८प्रतिशतले बढेर प्रतिकित्ता ३४७.०० रुपैयाँ पुगेको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता २८३.०० रुपैयाँ पुगेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता १२६०.०० रुपैयाँ पुगेको छ ।
माइखोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ । त्यस्तै, युनिक्यु नेपाल लघुवित्त, नेपाल बैंक डिभेन्चर, नेपाल इन्भेष्टमेन्ट डिभेन्चर कम्पनीको सेयर मूल्य घटेको छ ।






