सिटी होटल लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुने: कति जनाले पाउँछन् सेयर ?

सिटी होटल लिमिटेडको आईपीओ जेठ ५ गते शुक्रवार बाँडफाँट हुने भएको छ । शुक्रवार बिहान ८ः३० बजे सिटी होटलमा आईपीओ बाँडफाँट हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको हो ।

कम्पनीले वैशाख २५ देखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० जना आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

यी आवेदकमध्येबाट भाग्यमानी १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *