भेन्चर वेस्ट टु इनर्जीलाई सार्वजनिक–निजी साझेदारी र इन्फ्रास्ट्रक्चर अवार्ड

काठमाडौं । सर्कुलर इकोनोमी साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (UN SDGs) मा योगदान पुर्याउने भेन्चर वेस्ट टु इनर्जी (Vw2E) को धरान नगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा परियोजनाको लागि युरोपका संयुक्त राष्ट्र आर्थिक आयोग (UNECE) ले नेपाललाई उत्कृष्ट ५ सार्वजनिक–निजी साझेदारी र पूर्वाधार परियोजनाहरू मध्ये एकको लागि सम्मानित गरि नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

भेन्चर वेस्ट टु इनर्जी (Vw2E_attachment 4) नेपालको पहिलो नगरपालिकाका ठोस फोहोरबाट ऊर्जा परियोजना हो जसको ५० मेट्रिक टन अविभाजित फोहोरहरूको क्षमता छ र जसले दिगो फोहोर व्यवस्थापनको समाधानहरू प्रदान गर्दछ । नेपालको बहुसंख्यक फोहोरमा बायोडिग्रेडेबल अर्गानिक फोहोरहरू भएकाले भेन्चर वेस्ट टु इनर्जीले दैनिक ३० मेट्रिक टन बायोडिग्रेडेबल फोहोरलाई पूर्ण क्षमतामा प्रशोधन गर्न एनारोबिक डाइजेसन टेक्नोलोजीको प्रयोग गरी बायो कम्प्रेस्ड नेचुरल ग्याँस (Bio-CNG) ऊर्जाको नवीकरणीय स्रोतको रूपमा उत्पादन गरि धरानमा टेम्पोहरू चलाउँदै आएका छन । सोहि फोहोरबाट जैविक मलको पनि उत्पादन गरिन्छ ।

भेन्चर वेस्ट टु इनर्जीको परियोजनालाई UNECEको स्वतन्त्र निर्णायकद्वारा विश्वका ५०० भन्दा बढी सार्वजनिक–निजी साझेदारी परियोजनाहरु मध्ये शीर्ष ५ फाइनलिस्टको रूपमा चयन गरिएको थियो । नेपाल पहिलो पटक UNECE सार्वजनिक–निजी साझेदारी र पूर्वाधार अवार्ड २०२३ मा सहभागी भएको थियो र भेन्चर वेस्ट टु इनर्जी टोलीले सातौं UNECE अन्तर्राष्ट्रिय सार्वजनिक–निजी साझेदारी फोरममा परियोजना प्रस्तुत गरेर नेपालको प्रतिनिधित्व गरेको थियो । विजयी परियोजनाहरूलाई फोरमका सहभागीहरूले प्रत्यक्ष रूपमा जनताबाट मतदान गरेका थिए र यी सहभागीहरू विभिन्न सार्वजनिक क्षेत्रका अधिकारीहरू, निजी कम्पनीहरू, नागरिक समाज, शिक्षाविद्हरू साथै अन्तर्राष्ट्रिय संस्थाहरूबाट थिए ।

यस परियोजनाले सर्कुलर इकोनोमी, हरितगृह ग्यास उत्सर्जन घटाउने, गरिबी न्यूनीकरण, रोजगारी सृजना, फोहोर घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग र कार्बन तटस्थताको आकांक्षामा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो । सबै अन्तिम परियोजनाहरूले सामाजिक, वातावरणीय र आर्थिक मापदण्डहरू समावेश गर्ने प्रभावकारी समाधानहरू लागू गरेर नागरिकहरूको जीवनको गुणस्तर सुधार गर्न योगदान पुर्याए बापत मान्यता प्राप्त गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *