प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घट्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश संशोधन गरेको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनमा यसअघि प्रस्तावित लाभांश घटाएको हो।

यसअघि गत वैशाख २५ गते कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले बीमा प्राधिकरणमा पेस गरेको थियो। बीमा प्राधिकरणले कम्पनीको वित्तीय विवरण ससर्त स्वीकृत गर्दै लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम कम्पनीको आज जेठ ३ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र ०.५१५८ प्रतिशत नगद लाभांश गरी कुल १०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *