कामना सेवा र अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र काठमाण्डौको विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले अरोगिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५ प्रतिशत सम्म, स्किन केयरमा ३० प्रतिशत सम्म, डेन्टल केयरमा २० प्रतिशत सम्म, डे केयर (२४-७ नर्सिङ केयर) मा १५ प्रतिशत सम्म, फिजियोथेरापीमा ५ प्रतिशत र ल्याब सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *