पेट्रोल चोरीमा संलग्न ढुवानीकर्ता ‘रंगेहात’ पक्राउ

पेट्रोल चोरी कार्यमा संलग्न ढुवानीकर्तालाई नेपाल आयल निगमले कारबाही गरेको छ। क्षमता र बीलमा उल्लेख गरिएको भन्दा बढी परिमाणको पेट्रोल ढुवानी गरेको पाइएकाले पेट्रोल ढुवानीकर्तालाई कारबाही गरिएको निगमले जनाएको छ।

निगमकाअनुसार बीलमा उल्लेख भन्दा २० हजार लिटर पेट्रोल ढुवानी गरेकाले ढुवानीकर्ता श्री एक्सप्रेस परिवहन सेवा प्रालिको नाममा रहेको लु२ख ४८३९ नम्बरको ट्रकलाई चोरी पैठारी कसुरमा कारबाही गरिएको हो।

निगमले कारबाही स्वरुप ट्रकको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल उपर गर्ने भएको छ । त्यस्तै तीन महिनाको लागि निलम्बन गर्ने तथा निगमका सम्पूर्ण डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी कार्यमा सधैका लागि बन्देज लगाउने निर्णय गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *