दूरसञ्चारले जेठ १ गतेबाट एमडीएमएस कार्यान्वयन गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयन गर्ने भएको छ ।

अर्थ मन्त्रालय भन्सार विभागको गत वैशाख २९ गते ‘यात्रुहरूले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी’ प्रकाशित सूचनाअनुसार मोबाइल सेटहरू दर्ता हुने गरी नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस लागू गर्ने भएको हो ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।त्यस्तै, नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

एमडीएमएसमा दर्ता गर्नका लागि राहदानी ,नागरिकता र प्रस्थान र आगमन टिकट देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास हुनुपर्ने उल्लेख छ ।

नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्रणालीमा दर्ता भएरनभएको यकिन गरी मात्र खरिद गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । साथै, मोबाइल आयातकर्तारबिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *