फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको खुद नाफा ९३.५५ प्रतिशतले घटेर ४ करोड ३६ लाख रुपैयाँमा खुम्चिएको छ । यो गत आर्थिक वर्षको सोही गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर ७३ करोड २६ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन नाफा पनि ९३.५० प्रतिशतले घटेर ६ करोड २७ लाख ४५ हजार रुपैयाँमा झरेको छ । खुद फि तथा कमिशन आम्दानी ४२.०२ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.८६ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ४८ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
विवरण अनुसार लघुवित्तको प्रतिसेयर आम्दानी अर्थात ईपीएसमा समेत पहिरो गएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १०६ रुपैयाँ ८१ पैसा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १०१ रुपैयाँ ३० पैसा घटेर ५ रुपैयाँ ५१ पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३३.२१ गुणा रहेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ६७ करोड ८८ लाख रुपैयाँ रहेको छ।
१ अर्ब ५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।






