आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ बजारमा ल्याएको छ।

उच्चतम ब्याजदर र ३ वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमाबापत १ लाख रुपैयाँ, दुर्घटना बीमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमाबापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरु बैंकको एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। यसका साथै लकरको सुविधा पनि रहेको यस खातामा लकर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

७.४० प्रतिशतको उच्च ब्याजदरसमेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागि ग्राहकले न्यूनतम १ लाख रुपैयाँ अनिवार्य जम्मा गर्नुपर्नेछ।

दैनिक रुपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहकका आवश्यकता पूरा गर्ने बैंकको विश्वास छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *