सुर्योदय वोमी लघुवित्तका सदस्यहरुलाई कुसन बनाउने तालिम

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बनगाउँ दाङद्वारा संस्थामा आबद्ध सदस्यहरुलाई १ दिने सिपमुलक कुसन बनाउने तालिम दिएको छ ।

तालिमको सभा अध्यक्ष केन्द्र नं। ४६ की शोभा स्वर्णकार प्रमुखले गरेकी थिइन भे अतिथिमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु बहादुर के।सी, समाजसेवी शान्ति चौधरी, हरि बहादुर थापा साथै यसै संस्थाका अनुगमन स्टेसन कार्यालय दाखाक्वाडी अनुगमन अधिकृत कविन्द्र शाही रहेका थिए ।

कार्यक्रमको सञ्चालन यसै संस्थामा कार्यरत मौरीघाट शाखाकी शाखा प्रमुख निशा भट्टराईले सञ्चालन गरेकी थिइन् कार्यक्रमको स्वागत मन्तव्य बनगाउँ शाखाका शाखा प्रमुख मोहन बहादुर गुरुधामीले राखेका थिए ।

यस संस्थाको अनुगमन स्टेसन दाखाक्वाडीमा अनुगमन अधिकृत कविन्द्र शाहीले तालिम र संस्थाको बारेमा बचत, कर्जा प्रकार, सेवा शुल्क, कर्जा व्याज, बचतमा व्याज साथै अन्य सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।

साथै तालिम प्रशिक्षक डिला अधिकारीले कुसन बनाउने तरीका बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । सो तालिममा शाखामा आवद्ध सदस्यहरुमध्ये प्रति समुहबाट दुई देखि तीन जना गरी १०० जना सदस्यहरु सहभागि भएका वनगाउँ शाखाका शाखा प्रमुख मोहन बहादुर गुरुधामीले जानकारी दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *