काठमाडौं । सेयर बजारको निरन्तर ओरालो यात्रामा आज (बिहीबार) ब्रेक लागेको छ । पाँचदिनदेखि निरन्तर घटेको बजार आज दोहोरो अंकले बढेको हो ।
यसदिन सेयर बजार मापक नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ बिन्दुमा उक्लिएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.०७ अंकले बढेर ३५७.९१ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन १३ वटै सूचकमा हरियाली छाएको छ । आज १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५० कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन ६ वटा भएको छैन ।
कारोबारका आधारमा नबिल बैंकको संस्थापक सेयर शीर्ष स्थानमा छ । सो बैंकको संस्थापक सेयर रु चार करोड ५० लाख मूल्यमा खरिद बिक्री भए । शिवम् सिमेन्ट रु दुई करोड २१ लाख ५५ हजार,नबिल बैंक रु एक करोड ९६ लाख १२ हजार आठ सय ५०,हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ८४ लाख ४७ हजार चार सय ८७ र एभरेष्ट बैंक रु एक करोड ६५ लाख ७० हजार आठ सय ६६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नबिल ग्रोथ फण्ड नौ दशमलव ८६, लक्षमी लघुवित्त नौ दशमलब १६,सयपत्री हाइड्रोपावर आठ दशमलव ३७, आत्मनिर्भर लघुवित्त आठ दशमलव २० र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सात दशमलव २० प्रतिशतले बढेको छ ।
यस्तै, एनएमबी ऋणपत्र पाँच दशमलव ८५, नेपाल एसबिआई बैंकको ऋणपत्र पाँच दशमलव ३८, इस्टर्न हाइड्रोपावर चार, बाराही हाइड्रोपावर तीन दशमलव शुन्य आठ र रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य दुई दशमलव ७० प्रतिशतल घटेको छ ।






