कुमारी बैंकको ७५ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक समूहको ७५ हजार बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७५ हजार १८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै उक्त सेयर खरिद गर्न सक्नेछन् । इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *