कृषि विकास बैंकमा नेपाल स्क्यान एण्ड पे सेवा विस्तार

नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आवद्धता सहितको नेपाल पे क्यू आर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । ग्राहकबाट हुने रकमान्तर तथा विभिन्न किसिमको बिल भुक्तानीको लागि यो सेवा विश्वसनिय तथा सरल रहेको छ ।

साथै यस्तो सेवामार्फत भएको कारोवारहरुमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ । यो सेवाको सुरुवात पश्चात कृषि विकास बैंकको मोवाइल बैंकिङबाट नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको QR मा कारोवार गर्न सहज भएको छ भने बैंकले नियुक्त गरेका विभिन्न ब्यबसायिक संघ संस्था तथा प्रतिनिधिहरुले सरल तथा सहज तरिकाले भुक्तानी स्वीकार गर्न सकिने भएको छ ।

यो सेवाबाट संघीय सरकार तथा स्थानीय सरकारलाई सेवाग्राहीहरुले राजश्व लगायतका शुल्क समेत भुक्तानी गर्न सकिने भएको छ ।

बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकहरुका लागि यो सेवा निक्कै उपयोगी हुने बैंक श्रोतले जानकारी गराएको छ । आज कृषि बिकास बैंकको मुख्य कार्यालयमा भएको एक कार्यक्रमको बीच कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले सयुक्त रुपमा बैंकको मोबाइल बैंकिंग बाट कारोबार गरि उक्त सेवाको शुभारम्भ गरेका छन् ।

यो सेवाको शूरूवात पश्चात कृषि विकास बैंकमा खाता रहेका व्यवसयिक संस्थाहरूको खातामा बैंक तथा नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको मोबाइल एप्लिकेशन मार्फत सहज तथा सरल तवरले कारोवार गर्न सकिने सुविधा रहेको र यस्ता कार्यले भुक्तानी कारोवारको कारोवार लागतको न्यूनिकरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङ्ले बताए । उक्त कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएका विभिन्न सेवाहरु बैंकका विभिन्न डिजिटल सेवाहरुसंग आबद्ध गरेमा बैंकले प्राप्त गर्ने अवसरको बारेमा चर्चा गरे ।

सो कार्यक्रममा बैंकका उच्चपदस्थ अधिकारीहरु र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका अन्य अधिकारी समेतको उपस्थिति रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *