राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता नरहेको बताएकी छिन् ।
उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेकी हुन् ।
सांसद कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छिन् । त्यसका लागि छानबिन गर्न संसदीय समिति बनाउन पनि उनले माग गरिन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको वैधानिकता खोजी गर्नुपर्ने बताएकी हुन्।
उनले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दबाब दिएकी छन्।







