मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कमलादीमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले निष्काशन गरेको सो आईपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । यसमा १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५ हजार ५३० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ३३ हजार ७३० जनाले मात्र सेयर हात पारेका छन् । ११ लाख ९२ हजार ११७ जनाको भने हात खाली भएको छ ।

हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कशन गरेको हो ।

आइपीओ नतिजा हेर्न चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएसको मेरो सेयरको वेबसाइट र सीडीएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत आइपीओ नतिजा हेर्न सकिनेछ ।

यी साइटबाट हेर्नुस रिजल्ट

 https://www.prabhucapital.com/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

http://www.mjshydropower.com.np/

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *