हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीकाे सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

यसका साथै सभामा बोनस सेयर जारी गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक सेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै बोनस सेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

गत आव २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण  पारित गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *