जलवायु परिवर्तनसम्बन्धी सचेतनासहित नबिल बैंकको क्यालेन्डर सार्वजनिक

‘जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्द्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्तेपात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्।

नबिल क्यालेन्डरमा नेपाली १२ महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्शाउने फोटोहरू राखिएको छ भने संवर्द्धनका लागि आह्वान गरिएको छ । तस्बिरहरूका लागि बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)सँग सहकार्य गरेको थियो।

क्यालेन्डरमा जलवायु परिवर्तनसम्बन्धी सचेतना राखिनुको विषयमा प्रकाश पार्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङलगायत सबै क्षेत्रबाट गम्भीरतापूर्वक ध्यान पुर्‍याउन जरुरी छ।’ बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समितिलगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ।

नयाँ वर्षको सुरुवातसँगै भित्तेपात्रो देशैभरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पुर्‍याउने योजना बैंकको छ। नबिलले हालसालै हरित गृह ग्यास विसर्जनसम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *