महंगो पार्किङ शुल्कविरुद्ध त्रिभुवन विमानस्थलमा ट्याक्सी चालक आन्दोलित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । उनीहरुले न्यूनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्दै केहीबेर सेवा बन्द गरे ।

विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको र आफूहरूमाथि ज्यादती गरेको भन्दै आन्दोलन गर्नु परेको ट्याक्सी चालकहरको भनाइ छ ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रूपैयाँ लिने गरेकोमा अहिले ८० रूपैयाँ लिइएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *