सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो ।

साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १:१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *