एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यकाे मूल्य १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो तोलामा १३ सय ९० रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *