काठमाडौं । कतार विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीको प्रतिस्पर्धा भइरहेको छ । कतारको लुसिल स्टेडियममा जारी फाइनल खेलमा अर्जेन्टिाले २–० गोलले अग्रता लिएको छ ।
खेलको २३औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको छ । खेलको ३६औं मिनेटमा एन्जेल डी मारियाले अर्को गोल थप्दै अग्रतालाई बलियो बनाएका हुन् ।
Artha Sanjal






