मंसिर महिनामा ५८ अर्बले बढ्यो निक्षेप, सुस्तायो कर्जा प्रवाह

मंसिर महिनामा बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप संकलन थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा कात्तिकको तुलनामा ५८ अर्बले बढेर निक्षेप संकलन ४६ खर्ब २१ अर्ब पुगेको हो ।

कात्तिक महिनाको अन्तिम दिनसम्म बैंकमा ४५ खर्ब ६३ अर्बको निक्षेप संकलन रहेको थियो ।

मंसिर महिनामा जम्मा २ अर्बको कर्जा प्रवाह भएको देखिएको छ । कात्तिक मसान्तमा बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेको थियो भने मंसिर मसान्तमा आइपुग्दा २ अर्बले बढेर ४२ खर्ब २४ अर्ब पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *