गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा नेपाली कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् ।
पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा गृहमन्त्री खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको बताए ।
गृहमन्त्री खाणले बधाई दिँदै गठबन्धनको मर्मअनुसार गाउँ र जनताको सेवा गर्न गर्न मल्ललाई सुझाव दिए ।
उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैंयु गाउपालिका वडा नम्बर ७ का वार्ड अध्यक्ष तोयनाथ शर्मा, नेपाल तरुण दल पर्वतको नेता विप्लव हमाल, नेपाली कांग्रेस पर्वत पार्टी जिल्ला समिति सदस्य गुप्तप्रताप सेन, नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाललगायत उपस्थित थिए ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् ।
पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा गृहमन्त्री खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको बताए ।
गृहमन्त्री खाणले बधाई दिँदै गठबन्धनको मर्मअनुसार गाउँ र जनताको सेवा गर्न गर्न मल्ललाई सुझाव दिए ।
उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैंयु गाउपालिका वडा नम्बर ७ का वार्ड अध्यक्ष तोयनाथ शर्मा, नेपाल तरुण दल पर्वतको नेता विप्लव हमाल, कांग्रेस पर्वत पार्टी जिल्ला समिति सदस्य गुप्तप्रताप सेन, नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाललगायत उपस्थित थिए ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उनले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।
‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भने, ‘उम्मेदवार छनौट गर्दा लोकप्रिय उम्मेदवार छान्नुपर्छ, पहिले कमजोरी भएका छन् भने सच्याउनुपर्छ ।’






