नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार फुकुवा हुने भएको छ।  इन्भेष्टमेन्ट बैंकले नेपाल राष्ट्र बैंकबाट आएको पत्र नेप्सेमा पठाएसंगै नेप्सेले कारोबार दुकुवा गर्ने तयारी गरेको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका बैंकलाई राष्ट्र बैंकले पठाएको पत्र नेप्सेमा आएको छ ।  पत्रमा बैंकका आधारभूत शेयरधनीको कारोबार रोक्का नै राखी साधारण शेयरधनीको शेयर कारोबार खुलाउनको लागि भनिएको छ ।  अब सिडीएसले बैंकका आधारभूत शेयरधनीको शेयर फ्रिज गरेसंगै बाँकि शेयरधनीको कारोबार खुला हुने छ ।  सिडीएसले आधारभूत शेयरधनीको शेयर फ्रिज राख्ने प्रक्रिया सम्पन्न गरेर नेप्सेलाई जानकारी गराएसंगै नेप्सेले कारोबार खुलाउने प्रवक्ता पराजुलीले बताए ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जमा जाने सम्झौता गरेसंगै २०७८ बैशाख ३१ देखि लागु हुने गरि दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।   बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार रोक्का राखिएको थियो ।

इन्भेष्टमेन्ट बैंकको कारोबार खुला गर्ने तयारी भएपनि हिमालयन बैंकको कारोबार भने तत्कालको लागि रोक्का नै हुने छ । हिमालयनले पनि कारोबार फुकुवा गर्न सकिने बारेको राष्ट्र बैंकको पत्र ल्याएमा हिमालयनको पनि कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ  ।

हिमालयन बैंकको विशेष साधारणसभाले मर्जरमा नजाने निर्णय गरेसंगै दुवै बैंकको मर्जर प्रक्रिया भाडिएको थियो। दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने तयारीमा थिए  ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *