ओलीले एमाले सांसदलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन दिए निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् । ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’

बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र  परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गरेका थिए । संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।

बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *