मन्त्री पुनको घोषणा : तीन वर्ष मात्र पदमा रहने, जग बलियो बनाएर नयाँ पुस्तालाई जिम्मा दिने

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो । रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’

ढिला हिँडेर ठाउँमा नपुगिने भन्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने बताएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *